आजदेखि एक अर्ब २० करोडको सिद्धार्थ इक्विटी फण्ड बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आजदेखि एक अर्ब २० करोडको सिद्धार्थ इक्विटी फण्ड बिक्रीमा



काठमाडौ। सिद्धार्थ क्यापिटल लिमिटेडले आजदेखि एक अर्ब २० करोड बराबरको सिद्धार्थ इक्विटी फण्डको बिक्री खुल्ला गरेको छ । यसअघि दुई योजना सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम सञ्चालन गरिरहेको सिद्धार्थ क्यापिटलले तेस्रो योजनाका रुपमा सिद्धार्थ इक्विटी फण्ड ल्याएको हो ।

क्यापिटलले इक्विटी फण्डको प्रतिइकाई १० रुपैयाँको दरले १२ करोड इकाई बिक्रीका लागि ल्याएको हो । क्यापिटलको उक्त इकाइ खरिद गर्न इच्छुक लगानीकर्ताले आस्बाबाट अनुमति प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट असोज २५ देखि छिटोमा असोज २९ र ढिलोमा कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले प्रति इकाई १० रुपैयाँका दरले कम्तीमा १०० ईकाई अर्थात एक हजार रुपैयाँ लगानी गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन सिद्धार्थ क्यापिटलले नै रहेको छ ।

सिद्धार्थ क्यापिटलले सञ्चालनमा ल्याएको यसअघिका सञ्चालनमा ल्याएका दुई स्कीममध्ये सिद्धार्थ ग्रोथ स्कीमका इकाईधनीलाई गत वर्षको मुनाफाबाट ६० प्रतिशत तथा सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमका इकाइधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : २५ आश्विन २०७४, बुधबार ११:३७