सानिमा बैंकले खोल्यो गौशालामा ४७ औं शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकले खोल्यो गौशालामा ४७ औं शाखा



काठमाडाैँ । सानिमा बैंकले बुधबार काठमाडौंको गौशालामा ४७ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । शाखाको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मह जोडीद्वारा संयुक्त रुपमा गरेका हुन् ।शाखा उद्घाटन गर्दे सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले समस्त ग्राहकको सेवा तथा सुविधालाई मध्यनजर गर्दे बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।

प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै थपिएको शाखाबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा पु-याउने प्रतिबद्धता व्यक्त गरे । मह जोडीले बैंकलाई सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

बैंकले थपिएको शाखासँगै अब ४७ शाखा सञ्जाल तथा ५३ वटा ए.टि.एम.बाट आफ्ना ग्राहकमा सेवा पुर्याउनेछ । बैंकले गत आर्थिक बर्षमा १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : २५ आश्विन २०७४, बुधबार १४:३२