खुल्यो नेपाल कम्यूनिटीको १२० प्रतिशत हकप्रद शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खुल्यो नेपाल कम्यूनिटीको १२० प्रतिशत हकप्रद शेयर



काठमाडौं। नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडको १ बराबर १.२ को अनुपातमा अर्थात १२० प्रतिशत हकप्रद आज  देखि निष्कासन खुल्ला भएको छ ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २६ करोड ४३ लाख ५३ हजार ८८० रुपैयाँको २६ लाख ४३ हजार ५३८.८० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयरमा असोज १७ गतेसम्म कायम लगानीकर्ताहरुले असोज २६ देखि कात्तिक २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयरमा एनआइबीएल क्यापिटल मार्केट्स काठमाडौं तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बुटवल–८ रुपन्देही तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगंज, नेपालगंज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिनेछ

प्रकाशित : २६ आश्विन २०७४, बिहीबार ११:४५