चिलिमे हाइड्रोपावरको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चिलिमे हाइड्रोपावरको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको १५% बोनस सेयर र १०% नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बिहीबारसम्म ( असोज २६ गतेसम्म) कायम सेयरधनीले मात्र कम्पनीले दिने लाभांश पाउनेछन् । कम्पनीले कात्तिक २४ गते २१ औं वार्षिक साधारण सभा गर्न शुक्रबारदेखि बुक क्लोज गर्दैछ । सभामा १५% बोनस र १०% नगद लाभांश दिने प्रस्ताव छ । यसआधरमा, नयाँ लगानीकर्ताले लाभांश पाउन बिहीबार नै सेयर किनि चिलिमेको सेयरधनी बनिसक्नुपर्नेछ ।  साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २७ देखि कार्तिक २४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

प्रकाशित : २६ आश्विन २०७४, बिहीबार ११:५९