रिलायन्स फाइनान्सले पायो हकप्रद निष्काशन गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायन्स फाइनान्सले पायो हकप्रद निष्काशन गर्ने अनुमति



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १०ः४.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

फाइनान्सले १०० रुपैयाँ अंकित दरमा २३ लाख ६ हजार ५७१.६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

हाल रिलायन्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार रुपैयाँ छ । उक्त हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार १६० रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २६ आश्विन २०७४, बिहीबार १३:२२