एनआरएनएको अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

एनआरएनएको अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने



काठमाडौं । अाउदाे शनिवार हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । आजै अध्यक्ष पदमा जमुना घलेले उम्मेदवारी घोषणा गरेसँगै त्रिपक्षीय भिडन्त हुने पक्का भएको हो ।

अध्यक्षमा उठ्नका लागि केही समय अघि देखि आन्तरिक तयारीमा जुटेकी घलेले काठमाडौंमा एक कार्यक्रमकाबीच आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । एनआरएनएका आइसीसी सदस्य जमुना घले हालका अध्यक्ष शेष घलेको श्रीमती हुन् ।

एनआरएनको अध्यक्षमा यस अघि भवन भट्ट र टिवी कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् । अक्टोवर १४ अर्थात शनिवारदेखि काठमाडौंको हायत होटलमा हुने एनआरएनको आठौं सम्मेलमा घले र भट्टले प्यानल नै बनाएर चुनावनी मैदानमा उत्रिएका छन् भने कार्कीले अध्यक्ष पदमा मात्र उम्मेदवारी घोषणा गरेका छन् । घलेको प्यानलबाट महासचिव पदमा त्रिलोक गुरुङले उम्मेदवारी दिएका छन् भने भट्टको प्यानलबाट बद्री केसीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : २६ आश्विन २०७४, बिहीबार १५:४५