मैलुङ खोला जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मैलुङ खोला जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने



काठमाडाै । जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसधारण लगानीकर्ताका लागि सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपिओ जारी गर्न लागेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावितका लागि दश प्रतिशत सेयर वितरण गरिसकको छ । कम्पनीले गत जेठमा आयोजना प्रभावित रसुवाका स्थानीय बासिन्दाका लागि तीन करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको ३ लाख ६८ हजार १४३ कित्ता आईपिओ निष्काशन गरेको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको रसुवा जिल्लाको डाँडागाउँमा ६ मेगावाट विद्युत उत्पादन क्षमताको आयोजना रहेको छ ।

प्रकाशित : २६ आश्विन २०७४, बिहीबार १६:५६