चिलिमे हाइड्रोपावरकाे नयाँ बुक क्लोज मिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिलिमे हाइड्रोपावरकाे नयाँ बुक क्लोज मिति



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले बुक क्लोज मिति सच्याएको छ । २५% लाभांशका लागि शुक्रबार बुक क्लोज गर्ने भनेर यसअघि १ दिनको समय दिएर सूचना सार्वजनिक गरिएको थियो । तर बुक क्लोजको सूचना ७ दिनअघि नै दिनुपर्ने कानुनी प्रावधान छ । चिलिमेले कानुन मिचेर १ दिनको समय राख्दै बुक क्लोज सूचना सार्वजनिक गरेको भन्दै केही लगानीकर्ताले व्यापक विरोध गरेपछि पुनः नयाँ मिति राखिएको हो । कतिपय लगानीकर्ताले लाभांश पाउन बिहीबार चिलिमेको चर्को भाउमा सेयर किनिसकेका छन् । अब नयाँ सूचना अनुसार चिलिमेको बुक क्लोज कात्तिक ६ देखि कात्तिक २४ गतेसम्म हुनेछ ।यसआधारमा कात्तिक ५ गतेसम्म कायम सेयरधनीले पनि २५% लाभांश पाउन सक्नेछन् । चिलिमेले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस र १०% नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रकाशित : २७ आश्विन २०७४, शुक्रबार ११:४६