छिमेक लघुवित्तले ४५% लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

छिमेक लघुवित्तले ४५% लाभांश वितरण गर्ने



काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले कात्तिक २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभामा छिमेकले १९.८९% बोनस सेयर र २५.११% नगद गरी कुल ४५% लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । यसैगरी, कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट बढाएर २ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि साधारण सभामा पेस हुँदैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम कम्पनीको नाम परिवर्तन गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा लगिने भएको छ । साधारण सभा गर्न कम्पनीले कात्तिक ६ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा कात्तिक ५ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । सभा हेटौंडास्थित होटल सामनाको सभा हलमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

प्रकाशित : २९ आश्विन २०७४, आईतवार ११:२४