प्रभु इन्स्योरेन्सले बोनस पछि हकप्रद शेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु इन्स्योरेन्सले बोनस पछि हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ दशमलव २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको असोज २९ मा बसेको सञ्चालक समितिको ३५४ औं बैठकले उक्त अनुपातमा बोनस शेयर र कर प्रयोजनका लागि १.०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

त्यस्तै कम्पनीको सञ्चालक समितिको उक्त बैठकले बोनसपश्चात कायम पूँजीमा ४६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको उक्त बोनस र हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गर्न बाँकी छ । जसका लागि कम्पनीले आगामी कात्तिक २१ गते २२ औं साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक ७ गतेदेखि २२ गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।

प्रकाशित : ३० आश्विन २०७४, सोमबार ११:४१