स्वदेशीले बोलायो कात्तिक २४ मा साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वदेशीले बोलायो कात्तिक २४ मा साधारण सभा



काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न कात्तिक २४ गते साधारण सभा बोलाएको छ । स्वदेशीको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय यसअघि नै गरिसकेको हो । साधारण सभाले प्रस्ताव पास गरिसकेपछि भने बोनस वितरण र हकप्रद निष्कासन प्रकृया पनि अघि बढ्नेछ । सभामा १५ प्रतिशत बोनस सेयरमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पेस हुँदैछ । १५ प्रतिशत बोनस सेयरपछि स्वदेशीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ हुनेछ । कम्पनीले यही पुँजीको १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव साधारण सभामा प्रस्तुत गर्न लागेको हो । यो हकप्रद निष्कासनपछि भने लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ । स्वदेशीको तेस्रो वार्षिक साधारण सभा कात्तिक २४ गते होटल पाथिभरा इटहरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ३९ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ६६ पैसा छ ।

प्रकाशित : ३१ आश्विन २०७४, मंगलवार १३:२७