बुधबारबाट फेरी खुल्दै डिभी लोटरी, पहिले भरेकाको के हुन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुधबारबाट फेरी खुल्दै डिभी लोटरी, पहिले भरेकाको के हुन्छ ?



काठमाडाै  । सन् २०१९ को इडिभी (इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) को लागि अमेरिकाले अक्टोबर ३ देखि आवेदन खुला गरेको थियो । तर त्यसको एक साता पनि नबित्दै डिभी भर्ने वेबसाइट डिभी लोटरी डट स्टेट डट जीओभी डाउन भयो । त्यसपछि डिभी भर्नेहरु डिभी भर्न पाएका छैनन् भने अब के हुन्छ भन्ने अन्योल बढेको छ ।

यसै बीच अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ कन्सुलर अफेयर्सले डिभी लोटरी फेरी खुल्ने बताएको छ । बिभागले आफ्नो वेबसाइट स्तरोन्नति गर्नको लागि बन्द गरिएको र भोली बुधबार देखि फेरी डिभी लोटरी खुल्ने जनाएको हो ।

बिभागका अनुसार भोली १८ अक्टोबर (कात्तिक १ गते) नेपाली समयअनुसार बेलुका ९ः४५ बजेदेखि फेरी डिभीको लागि आवेदन दर्ता गर्न सकिने छ । साथै यस अघि आवेदन दिएकाहरुको सबै आवेदन रद्द भएकाले उनीहरुले पुन डिभी भर्नु पर्ने भएको छ ।

डिभी १८ अक्टोबरदेखि नोभेम्बर २२ सम्म खुला रहने भएकाले यो अवधिमा आवेदन दिनेहरुको आवेदन मात्र लोटरीको लागि योग्य हुने छ । बिभागले यस अघि भरेकाहरुले प्राप्त गरेको कन्फरमेशन नम्बर पनि फाल्न अनुरोध गरेको छ ।

आवेदन खुलेपछि https://www.dvlottery.state.gov/ मा गएर डिभी भर्न सकिने छ ।

प्रकाशित : ३१ आश्विन २०७४, मंगलवार १८:११