राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि एकीकृत कारोबार सुुरु गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि एकीकृत कारोबार सुुरु गर्ने



काठमाण्डौ । राप्तिभेरी विकास बैंकलाई गाभेर ज्योति विकास बैंकले आगामी कात्तिक ८ गतेदेखि एकीकृत कारोबार सुुरु गर्ने भएको छ । यी दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले असोज २६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वकृति दिएको हो. सहमति पाएपछि बुधबार एक सूचना प्रकाशित गर्दै ज्योति विकास बैंकले संयुक्त कारोबार कात्तिक ८ गतेदेखि सुचारु गर्ने भएको छ । ज्योति बैंकले राप्तिभेरीलाई १ बराबर १ सेयर स्वाप रेसियोमा गाभेको हो । एक्वीजिसनपछि ज्योति विकास बैंकको चुक्तापूँजी २ अर्ब ३५ करोड रुपैयाँ पुुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

 

प्रकाशित : १ कार्तिक २०७४, बुधबार १२:१६