सिटिजन्स बैंकको मुनाफा ३१ करोडमाथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंकको मुनाफा ३१ करोडमाथि



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (Citizen Bank International Limited) ले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ३१ करोड ९० लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७ दशमलव ५४ प्रतिशतले घटेको हो । कम्पनीले अधिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३४ करोड ५१ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब २ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिटिजन्स बैंकले जगेडा कोषमा १ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ छुट्याएको छ भने कर्जा तर्फ १४ दशमलव ४८ प्रतिशतले बढेर ५० अर्ब ६ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा १० दशमलव ४३ प्रतिशतले बढेर ४८ करोड १४ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा २० दशमलव १७ प्रतिशतले बढेर ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ५ करोड ४७ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ७ करोड १० लाख रुपैयाँ उठाउन सफल भएको छ ।

कम्पनी (CZBIL) को जोखिम युक्त सम्पति १६ दशमलव ०१ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा १ दशमलव ९९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १५ दशमलव ९० रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९ दशलमव ३१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २१ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात २३ दशमल ३८ प्रतिशत रहेको छ ।

प्रकाशित : ७ कार्तिक २०७४, मंगलवार ११:०२