राधी जलविद्युतको कति आउँदै छ आइपिओ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राधी जलविद्युतको कति आउँदै छ आइपिओ ?



काठमाडौ । राधी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि सेयर (आइपिओ) निष्कासन गर्न लागेको छ । कम्पनीले सर्वसाधारका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट मंगलबार स्वीकृत पाएको छ ।

६ करोड १५ लाख रुपैयाँबराबरको ६ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीका प्रबन्ध सञ्चालक विनयकुमार भण्डारीले जानकारी दिए । कम्पनीले सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडलाई तोकेको छ ।
कम्पनीले बोर्डबाट स्वीकृत पाएको ३५ दिनभित्र सेयर निष्कासन गरेर बाँटफाँट गरिसक्नु पर्नेछ ।

कम्पनीले यसअघि गत वैशाखमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।

राधीले २०७१ असारबाट विद्युत उत्पादन गरिरहेको छ । प्रतिमेगावाट १३ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न आयोजनाले एक वर्षपछिबाट नै लगानीकर्तालाई लाभांश बाँड्न सुरु गरेको थियो ।

राधी सिइडिबी हाइड्रो फन्डको सहायक कम्पनी हो । सिइडिबीले पूरा गरेका ३ जलविद्युत गृह सञ्चालनमा छन् । ११ मेगावाटको तल्लो खारे, १२ मेगावाटको दोर्दी–१ र ५ मेगावाटको रुकुमगाढ निर्माणाधीन आयोजना हुन् ।

प्रकाशित : ७ कार्तिक २०७४, मंगलवार १४:४७