पूँजी बजारका बादशाह वारेन बफेटको सफलताको स्रोत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

पूँजी बजारका बादशाह वारेन बफेटको सफलताको स्रोत



लगानीको ‘बाईबल’ भनिने ‘द इन्टिलेजेन्ट इन्भेस्टर’ बेन्जामिन ग्रामद्वारा लिखित प्रसिद्ध किताब हो । यो किताब नपढ्ने शेयर बजारमा लगानी गर्ने विश्वका सानादेखि ठूला लगानीकर्ता कमै मात्र होलान् । प्रख्यात शेयर बजारका खेलाडी वारेन बफेटले पनि आफ्नो सफलताको श्रेय यही किताबलाई दिएका छन् । उक्त किताबलाई वारेन बफेटको मात्रै होइन, जो कोही लगानीकर्ताको पनि जीवन परिवर्तन गर्न सफल किताबको रुपमा लिइन्छ । सोही किताबको संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
लगानी

‘द इन्टिलेजेन्ट इन्भेस्टर’ को पहिलो भागमा लगानी अर्थात् इन्भेष्टमेन्टको परिभाषा दिइएको छ । प्रायः सबै मानिसले लगानी भनेको कुनै चिज किनेर ५/१० वर्ष अर्थात् लामो समय छोडेर राख्ने हो भन्ने बुझ्न्छन् । तर, ग्रामका अनुसार यो लगानी होइन सट्टेबाजी हो । कुनै पनि लगानीका लागि तीन कुरा जरुरी छ । यदी त्यसो भएन भने त्यो जुवा मात्रै हो ।
बेन्जामिनको ग्रामको भनाइमा कुनै पनि लगानी हुनुको पछाडि Thorough Analysis अर्थात् गहन अध्यन हुनुपर्छ । यसको अर्थ हामीले लगानी गर्दा आफ्नो एउटा विश्लेषण अर्थात् स्पष्ट कारण खोज्न जरुरी छ । स्पष्ट कारणबिना गरिएको लगानी, लगानी नै नहुने बेन्जामिनको विश्लेषण छ । दोस्रो कुरा safety principal अर्थात् आफ्नो लगानीको साँवा कतिको सुरक्षित छ भन्ने कुराको हेक्का हुनुपर्छ । शेयर बजार होस् या अन्य क्षेत्रमा गरिएको लगानीमा साँवा सुरक्षित हुन्छ कि हुन्न भने कुरा अध्ययन हुनुपर्छ । अर्को प्रमुख कारणमध्ये Adequate return अर्थात् निश्चित प्रतिफल पनि हुनुपर्छ ।

िनश्चित प्रतिफल कुनै पनि fixed assets पाउने प्रतिफलभन्दा न्यूनतम ५ प्रतिशतभन्दा बढी हुनुपर्छ । उदाहरणको रुपमा बैंकले सजिलै १२ प्रतिशतको ब्याज दिँदै आएको छ भने पूँजी बजार वा अन्य क्षेत्रमा लगानी गर्दा न्युनतम १७ प्रतिशतको प्रतिफल हुनु पर्ने हुन्छ । बेन्जामिन ग्रामका अनुसार लगानी गर्दा यी तीन कुरा Thorough Analysis, safety of principal तथा Adequate return छ भने मात्र लगानी हो । यदी यी तीन कुरा छैन भने त्यो लगानी नभई सट्टेबाजी वा स्पिकुलेसन हुन जान्छ । त्यसैले लगानी गर्दा यी तीन कुरा छ छैन भन्ने विषयमा विचार पुर्याउनुपर्छ नत्र सट्टेबाजी वा स्पिकुलेसनले भएको साँवा पनि गुम्ने सम्भावना बढी हुन्छ ।

मिस्टर मार्केट
द इन्टिलेजेन्ट इन्भेस्टरको अर्को प्रमुख मिस्टर मार्केट (Mr. market) को बारे उल्लेख गरिएको छ । बेन्जामिन ग्रामका अनुसार शेयर बजार अर्थात्(Mr. market) ले दैनिक रुपमा कम्पनीहरु रेट दिने गर्छ । यसले कुनै पनि निश्चित कम्पनी कहिले सयमा किन , कहिले दुई सय त कहिले ५० मा किन भन्ने गर्छ । प्रायः(Mr. market) ले दिने बजार मूल्य ६० देखि ७० प्रतिशत सही हुने गर्छ । कहिले कहिले त(Mr. market) भावनात्मक समस्याले ग्रस्त हुने गर्छ जसले गर्दा कहिले निकै सस्तो मूल्य प्रस्तुत गर्ने गर्छ भने कहिले अति महँगो मूल्य प्रस्तुत गर्ने गर्छ । (Mr. market) ले सही निर्णय लिएमा राम्रो नतिजा निस्किन्छ भने गलत निर्णयले नोक्सान पुर्याउने गर्छ । समग्रमा बजार एकदम pessimistic अर्थात् घटिरहेको छ भने खरिद गर्नुपर्छ । बजार लगातार बढिरहेको छ अर्थात् optimistic छ भने बिक्री गर्नुपर्छ । बेन्जामिन ग्रामले यो कुरा(Mr. market) को सोचले बुझाउन खोजिएका छन् ।

मार्जिन अफ सेफ्टी
बेन्जामिन ग्रामले उल्लेख गरेका महत्वपूर्ण कुरा भने margin of safety हो । जसले कुनै पनि लगानीकर्ताको जीवन परिवर्तन गर्न सफल भयो । लगानीलाई एउटा प्रोफेसनल सोच बनाउन यो margin of safety ले ठूलो भूमिका खेलेको छ । शेयर बजारमा लगानी गर्दा कुनै न कुनै रुपमा सबैले केही सानो विश्लेषण गरेका हुन्छन्, हामीले गरेको विश्लेषण मिल्न पनि सक्छ भने विभिन्न अर्थतन्त्रमा आउने परिवर्तनले गर्दा नमिल्न पनि सक्छ । उदारणको रुपमा यदी आफ्नो विश्लेषणको आधारमा कुनै कम्पनीको रेट तपाईंलाई तीन सय रुपैयाँ हुनुपर्छ जस्तो लग्यो, त्यो कम्पनीलाई कहिले पनि तीन सय रुपैयाँमा नकिनुस्, २८० अर्थात २७० मा आयो भने किन्नुहोस् । यसरी हामीले कम्पनीको नकारात्मक कुरा वा हामीले गरेको विश्लेषण गलत भयो भने margin of safety का कारण नोक्सानीबाट बच्न सक्छौँ ।

लगानीकर्ताको किसिम
बेन्जामिन ग्रामका अनुसार लगानीकर्ता दुई प्रकारको हुने गर्छन् । एउटा लगानीकर्ता डिफेन्सिफ र अर्को इन्टरप्राइज रहेको हुन्छ । डिफेन्सिफ इन्भेस्टरहरु बजारबाट हुने नोक्सानीबाट डराउने गर्छ, विश्लेषणमा कम समय दिने, धेरै जोखिम लिन नचाहाने हुन्छन् । त्यस्तै इन्टरप्राइज इन्भेस्टरहरु बढी जोखिम उठाउन चाहने, अध्ययन तथा विश्लेषणमा बढी समय दिने तथा अरुको भन्दा आफूलाई बढी विश्वास गर्ने गर्छन् । उनका अनुसार डिफेन्सिफभन्दा इन्टरप्राइज इन्भेस्टरले दीर्घकालीन अवस्थामा राम्रो गर्ने गर्छ । उनको किताबमा यी दुई लगानीकर्ताको प्रवृत्ति प्रष्ट रुपमा छुट्याएको छ ।
यी दुई लगानीकर्ता बाहेक अर्को हाइब्रिड इन्भेस्टर, यस्तो लगानीकर्ता जसले आफ्नै लगानी निर्णय गर्न नसकेर विभिन्न सञ्चारमध्यम तथा अन्य व्यक्तिको कुरा सुनेर लगानी गर्ने गर्छ । यस्तो खालको लगानीकर्तामा कुनै किसिमको खर्च गरिसिक्ने तथा आफैं विश्लेषण गर्ने क्षमता नहुनाले डिफेन्सिफ र इन्टरप्राइजको तुलनामा सधंै कम प्रतिफल प्राप्त गर्ने गर्दछ । बेन्जामिन ग्रामले द इन्टिलेजेन्ट इन्भेस्टर किताबमा विभिन्न रणनीतिका कुरा गरिएको छ ।

पहिलो रणनीति
यदी, तपार्इं डिफेन्सिफ लगानीकर्ता हुनुहुन्छ भने ग्रामका अनुसार इन्डेक्स फन्डमा लगानी गर्नुपर्छ । बाहिरी पुँजी बजारमा विभिन्न परिसूचकको कारोबार हुने गर्दछ । जस्तै हाम्रो नेप्से इन्डेक्स, हाम्रो पुँजी बजारमा अहिलेसम्म पनि यस्तो प्रकारको परिसूचक हुने गरेको छैन ।

दोस्रो रणनीति
पहिलो रणनीतिभन्दा दोस्रो रणनीति अलिक मेहनत गर्नुपर्ने ग्रामले उल्लेख गरेका छन् । यो रणनीती अनुसार लगानी गर्नुभन्दा अगाडि कम्पनीमा हुनुपर्ने प्रमुख पक्ष यस्ता छन् ।
– कम्पनीको न्यूनतम आम्दानी पाँच सय डलर हुनुपर्ने ।
– करेन्ट लाइबिलिटीको तुलनामा २ गुणा बढी करेन्ट एसेट हुनुपर्ने ।
– दीर्घकालीन रुपमा लिएको कर्जा कम्पनीको नेट करेन्ट एसेटभन्दा बढी हुन नहुने ।
– कम्पनी स्थापना भएको १० वर्ष लगातार मुनाफा कमाएर लाभांश बाढेको हुनुपर्ने ।
– १० वर्षको समयमा औसत एक तिहाईको दरले प्रतिशेयर आम्दानी बढाउँदै लागेको हुनुपर्ने ।
– कम्पनीको मूल्य आफ्नो आम्दानीको १५ गुणाभन्दा बढी हुनु नहुने तथा बजार मूल्य किताबी मूल्य भन्दा १ दशमलव ५ गुणा बढी हुन नहुने ।
– यस्तो खालको रणनीतिमा १० देखि ३० कम्पनी हुनुपर्ने ।

तेस्रो रणनीति
– करेन्ट एसेटभन्दा करेन्ट लाईबिलिटी १ दशमलव ५ गुणाले बढी हुनुपर्ने ।
– कम्पनीको कर्जा करेन्ट एसेटभन्दा १ दशमलव १ गुणाले बढी हुनु नहुने ।
– ५ वर्षसम्म कुनै पनि प्रकारको घाटा ब्यहोरेको हुनु नहुने, आम्दानीमा पनि केही न केही वृद्धि भएको हुनुपर्ने तथा लगातार लाभांश वितरण गरेको हुनुपर्ने ।
– कम्पनीको मूल्य न्यूनतम फिक्स एसेटको १ दशमलव २ गुणा हुनुपर्ने ।
– यस रणनीतिअनुसार २० स्टक हुनुपर्ने ।

चौंथो रणनीति
– यस्तो खालको कम्पनीमा लगानी गर्नुपर्छ, जसको नेट करेन्ट एसेट भ्यालुभन्दा कम होस् ।
– कम्पनी पछिल्लो दुई वर्षमा घाटा नभएको हुनुपर्ने ।
– न्युनतम ३० स्टक आफूसंँग हुनुपर्ने ।

पाँचौ रणनीति (सिचुवेन्सल)
यस रणनीतिलाई अवस्थाअनुसारको विश्लेषण गर्ने तरिका मानिन्छ । यसमा याद राख्नुपर्ने कुरा यस्ता छन् ।
– कुनै ठूलो कम्पनीले सानो कम्पनीलाई आफूमा गाभ्न लागेको छ ।
– कम्पनी कानुनी मामिलामा अल्झेको छ, यो दीर्घकालीन हो कि अल्पकालीन हो अध्ययन गर्ने ।
– राम्रो कम्पनीको सहायक कम्पनीको सूचीकरण ध्यान दिने ।
– यस्तो खालको रणनीतिले ठूलो नाफा तथा नोक्सान हुनसक्ने भएकाले न्यूनतम २ देखि ४ स्टक हुनुपर्ने ।
– यस रणनीति अपनाउँदा अन्य रणनीतिलाई पनि मिश्रण गर्नुपर्ने ।

(विभिन्न एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : ७ कार्तिक २०७४, मंगलवार १६:०१