कन्काई विकास बैंकले लिलाममा राखेको सेयरमा बोलपत्र पेश गर्ने म्याद थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कन्काई विकास बैंकले लिलाममा राखेको सेयरमा बोलपत्र पेश गर्ने म्याद थप



कन्काई बिकास बैंकले लिलाममा राखेको सेयरमा बोलपत्र पेश गर्ने म्याद थप गरिएको छ। बोलपत्र पेश गर्न अन्तिम दिन (कार्तिक १०) मा सरकारले सार्वजनिक बिदा दिएकाले एक दिन म्याद थपिएको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ। अब इच्छुक बोलकबोलदाताले कात्तिक १२ गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् ।

कन्काई बिकासले असोज ३१ गतेदेखि हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि थालेको हो । बैंकले ५ लाख ४९ हजार ९३७ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। बैंकले लिलामी मार्फत बिक्रि गर्न लागेको सेयरमा संस्थापक तर्फ ३ लाख ८१ हजार ६५० कित्ता र साधारण तर्फ १ लाख ६८ हजार २८७ कित्ता सेयर छ। बैंकले गत साउन ९ देखि भदौ ११ सम्म १०० बराबर २१४ अर्थात २१४ प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल, नक्साल काठमाडौं र बैंकको मुख्य कार्यालय दमक-६ मा आइपुग्ने गरी कात्तिक १२ गते कार्यालय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन। बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम सिद्दार्थ बैंकमा रहेको सिद्दार्थ क्यापिटल मार्केट्सको नाममा रहेको खाता नम्बर ००११५२५५८६२ मा रकम जम्मा सक्नेछन।

साथै आवेदकले गुड फोर पेमेन्ट चेक मार्फत समेत आबेदन दिन सक्नेछन। इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी ४७ करोड १० लाख पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड छ। बैंकले गत आर्थिक बर्ष ३ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

प्रकाशित : १० कार्तिक २०७४, शुक्रबार १६:३५