सुन तस्करी सशस्त्रकै मिलेमतोमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुन तस्करी सशस्त्रकै मिलेमतोमा



काठमाडौं । महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको खबर आजको कान्तिपुरमा छापिएको छ ।
उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राईभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए ।

प्रहरीले सुच बरामद भएलगत्तै तस्करीको सुच ओसार्न प्रयोग गरिउको गाडी चलाएका मनोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो ।

तिनै चालकहरुले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा सशसत्र प्रहरकिो शंकास्पद भुमिकामाथि छानविन सुरु गरेको थियो ।

प्रहरीका अनुसार सुन ओसार्न १५ भदौमै गाडी रसुवाको केरुङ नाका हुँदै चीन पसेको थियो ।

त्यसैले काठकाडौं प्रहरी परिसरले अुनसँधानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नावाली माग्दै पत्राचार गरेको थियो ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार ०८:४६