मतपत्र छपाईबारे निर्वाचन आयोगले सर्वोच्चमा जवाफ दिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मतपत्र छपाईबारे निर्वाचन आयोगले सर्वोच्चमा जवाफ दिँदै



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा प्रयोग हुने मतपत्रबारे आज सर्वोच्च अदालतमा जवाफ पेश गर्दै छ ।

राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष सर्वेन्द्र नाथ शुक्लले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बेग्लाबेग्लै मतपत्रको व्यवस्था हुनुपर्ने मागसहित हालेको रिटको पक्षमा फैसला गर्दै सर्वोच्चले आयोगसँग तीन दिनभित्र जवाफ मागेको थियो ।

सर्वोच्चले मतपत्र छपाइबारे जवाफ मागेसँगै आयोगले अदालतको सम्मान गर्दै जवाफ पेश गर्न लागेको हो ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार ०८:४९