यस्तो छ नेफ्स्कूनको एकीकृत विद्युतीय वित्त सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ नेफ्स्कूनको एकीकृत विद्युतीय वित्त सेवा



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा आफ्ना सदस्य संस्थाहरु मार्फत साकोसका सदस्यहरुलाई विद्युतीय वित्त सेवा प्रदान गरिने भएको छ ।

उक्त सेवा मार्फत सहकारीका सदस्यहरुले एसएमएस बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, विप्रेषण सेवा, क्योस्क मेसिनमार्फत कारोबार, पस मेसिन मार्फत कारोबार गर्न पाउनुका साथै नेफ्स्कूनका सदस्य संस्थाहरुले रुपयाँ कार्डको प्रयोग गरि एटीएमबाट भुक्तानी प्राप्त गर्ने सुबिधा समेत आफ्ना सदस्यहरुलाई उपलब्ध गराउन सक्नेछन् ।

नेफ्स्कूनले प्रदान गर्ने यो सुविधा मार्फत साकोसका सदस्यहरुले डेबिट कार्ड तथा मोबाईल एप्सको प्रयोग गरि विभिन्न विलहरुको भुक्तानी गर्न, सदस्यहरुले आफ्नो बचत खातामा भएको रकमबाट मोबाईल रिचार्ज गर्न सक्नेछन् ।

नेफ्स्कूनमा आवद्ध बचत तथा ऋण सहकारी संस्थाहरुले एउटै सफ्टवयरको प्रयोग गरि नेपालमा प्रचलित सबै रेमिट्यान्स कम्पनीहरु मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण सेवा समेत प्राप्त गर्न सकिने छ । यसका साथै एउटा संस्थाको सदस्यले अर्को संस्थामा गई बचत जम्मा गर्न तथा बचत फिर्ता भुक्तानी लिन पाउने सुबिधा समेत यसै प्ल्याटफर्ममा निर्माण भएको छ ।

उक्त सबै सुविधाहरु प्रदान गर्नको लागि संघले प्रभू मेनेजमेन्ट प्रा.लि. लाई आफ्नो प्राविधिक साझेदारको रुपमा लिएको छ । नेफ्स्कून र प्रभू मेनेजमेन्ट प्रा.लि. बीचमा उल्लेखित सबै प्रकारका सुबिधाहरु प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार १९:२७