निर्वाचन आयोगले भन्यो -अलग अलग मतपत्र छाप्ने काम जारी छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

निर्वाचन आयोगले भन्यो -अलग अलग मतपत्र छाप्ने काम जारी छ



काठमाडौँ। प्रतिनिधि सभा र प्रदेश सभाको अलग अलग मतपत्र छाप्न नसकिने बताउँदै आएको निर्वाचन आयोगले आज सर्वोच्च अदालतमा लिखित जवाफ पठाउने क्रममा अलग अलग मतपत्र छाप्ने काम जारी रहेको बताएको छ।

अदालतको अवहेलना मुद्दामा मतपत्र अलग अलत छापिने सुनिश्चितताको कार्य प्रगति विवरण माग सर्वोच्चले गरेपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पठाएको जवाफमा लेखिएको छ, निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि अलग अलग मतपत्र छपाईलाई सुनिश्चितता प्रदान गर्नका लागि अलग अलग पानामा मतपत्र छाप्न मिति २०७४/७/१२ मा आयोगबाट निर्णय गरी जनक शिक्षा सामाग्री केन्द्रमा पठाइसकिएको र अलग अलग पानामा मतपत्र छाप्ने कार्य जारी रहेको’ छ।

उनले जवाफमा निर्वाचनसँग सम्बन्धित विभिन्न निर्देशिका, मतदाता शिक्षा सामाग्री, उम्मेदवारी दर्ता र नतिजा तयारी सम्बन्धी सफ्टवेयर, विभिन्न तहको तालिम सामग्री समेतमा परिमार्जन गर्नुपर्ने, मतपत्र छपाई कार्ययोजनामा संशोधन गर्नुपर्ने, मतपत्र छपाइ कागज, मतपत्रको लागत, सामग्री व्यवस्थापन र ढुवानी एवम् निर्वाचनको समग्र बजेट तथा कार्यम्रममा पुनरावलोकन र संशोधन गर्नुपर्ने भएकोले सम्बन्धित शाखा महाशाखाले आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउने भन्ने निर्णयसमेत आयोगबाट भएको उल्लेख गरेका छन्।

अदालतको आदेशको भावना र मर्मको सम्मान गरी आदेश कार्यान्वयन गर्नेतर्फ कारबाही भइरहेको हुँदा अवहेलना मुद्दा खारेज गर्न उनले निवेदन गरेका छन्।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार १९:३७