यस साता तीन अर्ब बढीको शेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस साता तीन अर्ब बढीको शेयर कारोबार



काठमाडौ । यस साता पूँजी बजारमा तीन अर्ब बढीको कारोबार भयो । यस साता १ सय ७४ कम्पनीहरुको तीन अर्ब तीन करोड २६ लाख रुपैयाँ बराबरका ७१ लाख ९४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

गत साता १ सय ६३ कम्पनीहरुको जम्मा ९३ करोड २३ लाख रुपैयाँ बराबरका १९ लाख २० हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा २ सय २५ प्रतिशत बढी हो ।

यस साता शेयर बजार परिसूचक नेप्सेमा भने गिरावट आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब २६ अंकले घटेर अन्तिम दिन १ हजार २७ दशमलब ९८ अंकमा आइपुग्यो । कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै साताको नेप्से घटेको हो ।

यस साता कारोबार रकम र कारोबार संख्याको आधारमा एभरेस्ट बैंक एवं कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रह्यो ।

कारोबार रकमकै आधारमा एभरेस्ट बैंकलाई नबिल बैंक, ग्लबोल आइएमइ बैंक, सानिमा बैंक र नबिल बैंक संस्थापकले क्रमशः पच्छ्याउन पुगे ।

प्रकाशित : १६ श्रावण २०७२, शनिबार १४:३६