यस्तो छ मुक्तिनाथ विकास बैंकको कमाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

यस्तो छ मुक्तिनाथ विकास बैंकको कमाइ



काठमाडाै । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमाशमा खुद मुनाफा १३ करोड ५४ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३५ दशमलव ८४ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ९ करोड ९७ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ५४ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी भएको मुक्तिनाथ विकास बैंकले जगेडा कोषमा ६० करोड १९ लाख रुपैयाँ छुट्याएको छ भने कर्जा तर्फ ४६ दशमलव ९० प्रतिशतले बढेर १६ अर्ब ८० करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २१ दशमलव २२ प्रतिशतले बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३८ दशमलव ४६ प्रतिशतले वृद्धि गरी १९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २ करोड ५२ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ३६ लाख रुपैयाँ उठाएको छ ।

बैंकको जोखिम युक्त सम्पति १६ दशमलव ६७ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ०३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २५ दशमलव २६ रुपैयाँ (वार्षिक), मूल्य आम्दानीको अनुपात २४ दशलमव ३८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४२ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७५ प्रतिशत रहेको छ ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार ११:२१