छुट्ला है १६ करोडको हकप्रद सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

छुट्ला है १६ करोडको हकप्रद सेयर



काठमाडौ । बेष्ट फाइनान्स (साविक जनरल फाइनान्स) ले जारी गरेको १२५ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (कार्तिक १४) अन्तिम दिन हो । त्यसैले आज दिनभरीमा यो हकप्रदमा आवेदन दिनुपर्नेछ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको १६ लाख ५२ हजार ८५० कित्ता बराबरको १६ करोड ५२ लाख ८५ हजार रुपैया बराबरको हकप्रद सेयर विक्री गर्नेछ ।

भदौ २७ गतेदेखि हकप्रद सेयरको निष्काशन खुला गरेका फाइनान्स कम्पनीको हकप्रदमा साउन २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बेष्ट फाईनान्स कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटलका साथमा जनरल फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । २२ करोड एक लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको जनरलको फाईनान्सको हकप्रद विक्रीपछि ३८ करोड ५४ लाख ४८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार ११:३५