नेपाल ग्रामीणकाे एफपीओ सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल ग्रामीणकाे एफपीओ सुचीकृत



काठमाडौं । नेपाल ग्रामीण विकास बैंक लिमिटेडको फर्दर पब्लिक अफरिङ (एफपीओ) नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले मंगलबार बैंकको ९ लाख ७५ हजार कित्ता शेयर सुचीकृत गरेको हो । कम्पनीले भदौ २७ गतेदेखि ३० गतेसम्म सय रुपैयाँ अंकित मूल्यमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गरेको थियो र असोज ३१ गते बाँडफाँड गरेको थियो । जसमा आवेदन दिएका दुई लाख ५० हजार ५२५ वैद्य आवेदकमध्ये ९७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता शेयर प्राप्त गरेका थिए ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार ११:४१