उदार र खुल्ला अर्थतन्त्रको सुनिश्चित गर्न निजी क्षेत्रको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उदार र खुल्ला अर्थतन्त्रको सुनिश्चित गर्न निजी क्षेत्रको माग



niji-chhetra-final-fianlकाठमाडौं । निजी क्षेत्रले नयाँ संविधानमा उदार र खुल्ला अर्थतन्त्रको सुनिश्चित गर्न माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको उद्योगी–व्यवसायीको टोलीले शनिबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटी आगामी संविधानमा उदार र खुला अर्थतन्त्रको सुनिश्चित गर्न माग गरेको हो ।

उद्योगी–व्यवसायीहरुको टोलीले विदेशी लगानीमा भएको मुनाफा फिर्ता लैजानेसम्बन्धी हक संविधानमा सुनिश्चित गर्नसमेत माग गरेको छ । निजी क्षेत्र खुला प्रतिस्पर्धामा आधारित अर्थतन्त्रमा विश्वास गर्ने र मुलुकले खुल्ला अर्थतन्त्रलाई अंगिकार गरिसकेको अवस्थामा मुलुक पछाडि हट्न नहुनेमा निजी क्षेत्रले जोड दिएको छ ।

प्रकाशित : १६ श्रावण २०७२, शनिबार १५:११