नवीलका म्युचुुअल फण्ड अधोगतीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नवीलका म्युचुुअल फण्ड अधोगतीमा



काठमाडाै । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडको व्यवस्थापनमा संचालित दुुई म्युचुुअल फण्डमध्ये एउटाको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ भने अर्को स्किमको घटेको छ ।

धितोपत्र बोर्डबाट २०७३ भदौ १४ गते संचालनको अनुमति पाएको ७ वर्षे बन्दमुखी नवील इक्वीटी फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा झिनो मात्र बढोत्तरी भएको हो ।

भदौ मसान्तसम्म यो स्किमको न्याभ ९ रुपैयाँ ७६ पैसा रहेकोमा असोज मसान्तसम्म बढेर ९ रुपैयाँ ७७ पैसा भएको हो । तथापि, न्याभ प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा कम हुनु राम्रो कुरा होइन ।

असोज मसान्तसम्म यो स्किमले सूचिकृत धितोपत्रमा ६४ करोड १९ लाख लगाानी गरेको छ भने सूचिकृत नभएका सेयरमा ३ करोड ३६ लाख र मुद्धती निक्षेपमा १२ करोड ५० लाख लगानी गरेको छ ।

कुल १ अर्ब २५ करोडको स्किम असोज मसान्तसम्म २ करोड ४४ लाख खूद घाटामा रहेको छ ।

समीक्षा अवधिसम्म यो स्किमले सबैभन्दा धेरै कित्ता इन्भेष्टमेन्ट बैंकको ३० हजार ८ सय ३६ कित्ता संस्थापक सेयर खरीद गरेको छ । रकमको हिसाबले यो स्किमले सबैभन्दा धेरै नागरिक लगानी कोषको सेयरमा ५ करोड २७ लाख बढी लगानी गरेको छ ।

यता, २०६९ फागुन १७ गते योजना संचालनको अनुमति पाई संचालनमा रहेको ५ वर्षे बन्दमुखी नवील ब्यालेन्स फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा पनि झिनो गिरावट आएको छ । भदौ मसान्तसम्म न्याभ १९.२६ रुपैयाँ रहेकोमा असोज मसान्तसम्म घटेर १९.२४ रुपैयाँ कायम भएको हो ।

असोज मसान्तसम्म यो स्किमले सूचिकृत धितोपत्रमा ९५ करोड ४८ लाख लगानी गरेको छ भने ऋणपत्रमा ११ करोड ४४ लाख लगानी गरेको छ ।
यस्तै, सूचिकृत नभएको सेयरमा ६ करोड ३६ लाख लगानी गरेको स्किमले मुद्धती निक्षेपको रुपमा ७ करोड ५० लाख जम्मा गरेको छ।

यो स्किम पनि असोज मसान्तसम्म घाटामै छ । असोज मसान्तसम्म यो स्किमको घाटा ३ करोड ८२ लाख घाटामा छ । भदौ मसान्तसम्म यो स्किमको घाटा ३ करोड ६६ लाख थियो ।

समीक्षा अवधिमा नवील ब्यालेन्स फण्ड १ ले सबैभन्दा धेरै कित्ता जलविद्युत लगानी तथा विकास कम्पनीको खरीद गरेको छ । यो कम्पनीको ६५ हजार ६० कित्ता खरीद गरेको हो । रकमको हिसाबले सबैभन्दा ठूलो लगानी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ६ करोड ६८ लाख गरेको छ ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार १४:४७