सूचना सञ्चार प्रविधि क्षेत्रका हस्ती सिएन उपाध्यायको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूचना सञ्चार प्रविधि क्षेत्रका हस्ती सिएन उपाध्यायको निधन



काठमाडौं । नेपालको सूचना सञ्चार प्रविधि क्षेत्रका हस्ती सिएन उपाध्यायको मंगलबार निधन भएको छ । उनको आज ५७ वर्षको उमेरमा निधन भएको हो । बिहान एक कार्यक्रम सकेर फर्कदै गर्दा बाटोमा लडेका उपाध्यायको टाउकोमा गम्भीर चोट लागेपछि भक्तपुरको इवामुरा मेमोरियल अस्पताल लगिएको थियो ।

उपाध्याय करिब २५ वर्षदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील थिए । उनी कम्प्युटर एशोसिएन अफ नेपाल (हालको क्यान महासंघ)का संस्थापक सदस्य हुन् । नेपालमा पहिलो पटक सूचना प्रविधि एक्स्पो सुरु गर्न मा उनको महत्वपूर्ण योगदान थियो ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार १६:२६