प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ को घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ को घोषणा



काठमाडौं । प्रोस्टाइल र ग्रुपअफ इभेन्ट एन्टरटेनरर्स (जिइइ) बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ आयोजना गर्ने समझदारी भएको छ ।प्रोस्टाइल र जिइइले आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् ।दरबार लाउन्ज, दरबारमार्ग, काठमाडौँमा कार्तिक  १४ गते आयोजित एक कार्यक्रममा यो प्रतियोगिताको आवेदन खुला गरिएको घोषणा गरियो ।

यो कार्यक्रममा भाग लिन ईच्छुक पुरुषहरूले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्नेछन् ।फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम ८ मङ्सीर २०७४ सम्ममा सुनधारास्थित जिइइको कार्यलयमा वा जिइइको इमेलमा बुझाइसक्नुपर्नेछ । यो प्रतियोगितमा आवेदन दिन १८ देखि ३० वर्षका नेपाली युवाहरू हुनुपर्नेछ जसको उचाइ ५ फिट १० इन्चभन्दा बढी र कम्तीमा स्नातक पास गरेको हुनुपर्छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले १४ पुस २०७४ मा हायत रिजेन्सीमा हुनेछ ।

विजेताले म्यानहन्ट इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशः मिस्टरग्लोबल २०१८ तथा मिस्टरयुनिभर्सल एम्बेसेडर२०१८ मा भाग लिनेछन् ।यस अघिमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१६ का विजेता समिम खानलाई दरबार लाउन्जमा आयोजित कार्यक्रममा विदाइ दिइएको थियो ।

उहाँले आगामी ७ मङ्सीर २०७४ मा थाइल्यान्डमा हुने म्यानहन्ट इन्टरनेसनलको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नेछन् ।त्यसैगरी २०१६ मा दोस्रो स्थान प्राप्त गर्न सफलप्रवेश झाले मिस्टर युनिभर्सल एम्बेसेडरमा नेपालको प्रतिनिधित्वगरिसकेकाछन् भने आगामी डिसेम्बर महिनामा पेरिसमा आयोजनाहुने बेस्ट मोडल अफ द यर २०१७ प्रतियोजितामा अनुज मास्केले प्रतिनिधित्व गर्नेछन् ।

कम्पनिले दिएको जानकारीका अनुसार प्रोस्टाइल म्यानहन्टइन्टरनेसनल नेपाल २०१७ सम्पूर्ण नेपाली पुरुषहरूका लागि खुला प्रतियोगिता हो र यसको आवेदन दिनका लागि www.facebook.com/manhuntinternationalnepal हेर्न सकिन्छ ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार १३:२४