मेगा बैंकको खुदनाफा ६ करोड रुपैयाँ भन्दा बढीले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकको खुदनाफा ६ करोड रुपैयाँ भन्दा बढीले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा मेगा बैंकको खुदनाफा ६ करोड रुपैयाँ भन्दा बढीले घटेको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकले ८ करोड ११ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले १४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणका सुचक सकरात्मक नभएको पाइएको छ । कर्जा नोक्सानीका लागि थप व्यवस्था गर्नुपर्दा खुदनाफा घटेको बैंकले जनाएको छ । बैंकको खराब कर्जा बढेर १.६७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.३६ प्रतिशत थियो । बैंकको पुँजीगत लागत बढेर ७.८० प्रतिशत पुगेको छ ।

यस्तै कर्जा निक्षेप अनुपात ७८.२६ प्रतिशत पुगेको छ । बैंकलाई थप लगानी गर्न निक्षेपको कमी देखिएको छ । आधार ब्याज दर बढेर १०.७२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको आधार दर ७.२८ प्रतिशत थियो । असारमा बढेर ११ प्रतिशतसम्म पुगेको थियो ।


बैंकको कर्जा र निक्षेपको ब्याजदर अन्तर घटेर २.४९ प्रतिशतमा सीमित भएको छ ।

गत आवमा यस्तो दर ३.८५ प्रतिशत थियो । प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.७७ प्रतिशतमा सीमित भएको छ । गत असारमा १७.२७ थियो । ३ महिनामा १५ रुपैयाँ बढीले घटेको छ ।

३ महिनामा बैंकको निक्षेप १ अर्ब रुपैयाँ बढेर ३९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप ३८ अर्ब ९३ करोड रुपैयाँ थियो ।
कर्जा लगानी पनि १ अर्ब रुपैयाँ हारहारीमा वृद्धि भएको छ । चालु आवको ३ महिनासम्ममा कर्जा लगानी ३५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बैंकको संचित कोष बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यस्तै चुक्तापूँजी ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार ०९:२२