ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक सुरु गर्यो भाईबर बैंकिङ्ग सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक सुरु गर्यो भाईबर बैंकिङ्ग सेवा



काठमाडाै । ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक भाईबर मार्फत बैंकिङ्ग सेवा सुरु गरेको छ । भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन् ।

भाईबर बैंकिङ्ग सेवा लिनलाई बैंकका ग्राहकले मोबाइल नम्बर बैंकको ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिनसक्ने छन् ।

यो सेवा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले समेत उपयोग गर्न सक्ने बैंकले जनाएको छ । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।

बैंकलेआफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै समय समयमा आफ्ना सुबिधाहरु परिमार्जन गर्दे आईरहेको बैंकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार ११:३९