हिमालयन बैंकको मुनाफा ६ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन बैंकको मुनाफा ६ प्रतिशतले घट्यो



काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा मुनाफा ४१ करोड १ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा ६ दशमलव ४६ प्रतिशतले घटेको हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ४३ करोड ८४ लाख रुपैयाँ कमाएको थियो ।

६ अर्ब ४९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ५ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३ दशमलव २२ प्रतिशतले वृद्धि गरि ९६ अर्ब १३ करोड ६७ लाख रुपैयाँ संकलन गरेर कर्जामा ८० अर्ब ७८ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ११ दशमलव ११ प्रतिशतले वृद्धि हो ।बैंकको खुद व्याज आम्दानीमा ६ दशमलव १७ प्रतिशतले घटेर ७७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफामा ३४ दशमलव ९४ प्रतिशतले घटेर ४४ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ । बैंकले प्राभिजनमा २० करोड ३४ लाख रुपैयाँ राखेको छ ।बैंकको प्रतिशेयर आम्दानी २५ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३५ दशमलव ३५ गुणा, प्रति शेयर नेटवर्थ १ सय ८७ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २० दशमलव ६९ प्रतिशत रहेको छ ।बैंकको निष्कृय कर्जा १ दशमलव २४ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पति ११ दशमलव ९८

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार १३:२८