३ दशमलव ७ अंकले ओरालोे लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३ दशमलव ७ अंकले ओरालोे लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालोे लागेर बन्द भएको छ ।आज नेप्स ३ दशमलव ७ अंकले ओरालोे लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन् । आज कारोबारमा आएका ट्रेडिड. जलविधुत ,फाइनान्स र इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५५ कमपनीको ११ लाख ५ हजार ३५ कित्ता सेयरबाट ४५ करोड ९ लाख ५० हजार ७ सय ९१ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै लघुवित्त समुहले गुमाएको छ । आज लघुवित्त समुह १४ दशमलव २६ अंकले ओरालो लागेको छ। आज अन्य समुह ७ दशमलव ८१ अंकले,विकास बैँक समुह ६ दशमलव ७७ अंकले, उतपादनमुलक समुह ६ दशमलव ०५ अंकले, बैँक समुह ३ दशमलव ७७ अंकले र होटल समुह ० दशमलव ९७ अंकले ओरालो लागेको छ।
बिहिबार सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ। आज जलविधुत समुह १४ दशमलव ०१ अंकले उकालो लागेको छ ।आज इन्स्योरेन्स समुह १० दशमलव ५२ अंकले,टे«डिड. समुह ६ दशमलव ५९ अंकले र फाइनान्स समुह ० दशमलव ३३ अंकले उकालो लागेको छ ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार १५:२०