चीनका खर्बपति तथा ‘अलिबाबा’का संस्थापक अभिनयमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चीनका खर्बपति तथा ‘अलिबाबा’का संस्थापक अभिनयमा



काठमाडौं । चीनका खर्बपति तथा ‘अलिबाबा’का संस्थापक ज्याक–मा अब नायकको रुपमा फिल्म खेल्दै छन् ।

५३ वर्षीय चिनियाँ खर्बपति ज्याक–माले चीनको परम्परागत मार्शल आर्ट कुंग–फूको महत्वलाई बढावा दिन ‘गान्ग शुओ दाओ’ नामक शर्ट फिल्ममा नायकको रुपमा खेल्न लागेका हुन् ।

उनले उक्त फिल्ममा मार्शल आर्टका गुरु तथा अभिनेता जेट-लीको भुमिका निभाउनेछन् । २० मिनेटको शर्ट फिल्मको प्रोडक्सन जेट लिले नै गरेका छन् । ज्याक मासँगै फिल्ममा चर्चित अभिनेता डोनी येन र टोनी-जाले समेत अभिनय गर्नेछन् ।

चीनमा किनमेलको लागि सबैभन्दा महत्वपुर्ण मानिने ‘सिंगल–डे’ (११/११) अर्थात आगामी नोभेम्बर ११ मा प्रदर्शनमा आउने उक्त फिल्मको पोस्टर सार्वजनिक भैसकेको छ ।

‘ई–कमर्श’ व्यपारमा ‘बादशाह’ मानिएका उनले अहिलेसम्म करिव ४० विलियन अमेरिकी डलर कमाइसकेका छन् । शिक्षण पेशाबाट अनलाइन व्यपार सुरु गरेका उनले अलिबाबा डटकमबाट सफल भएका थिए । विश्वमा सबैभन्दा शक्तिशाली मानिएको अनलाइन ब्यापार ‘अमेजन’लाई छोटो समयमै चुनौती दिने ‘अलिबाबा डटकम’बाट उनी ‘ई–कमर्श’का सफल व्यापारी मानिन्छन् । एजेन्सी / इमेज

प्रकाशित : १९ कार्तिक २०७४, आईतवार १४:३५