२६ दशमलव ३५ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२६ दशमलव ३५ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स २६ दशमलव ३५ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको टे«डिड.समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएका १५९ कमपनीको १५ लाख ६ हजार ४ सय ४ कित्ता सेयरबाट ६३ करोड १२ लाख १० हजार ५ सय ३० रुपैयाको कारोबार भएको छ।
आइतबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ५७ दशमलव ०६ अंकले ओरालो लागेको छ। आज उतपादनमुलक समुह ५० दशमलव ५५ अंकले,विकास बैँक समुह ३० दशमलव ९१ अंकले, लघुवित्त समुह ३० दशमलव ५९ अंकले,बैँक समुह २४ दशमलव २९ अंकले,जलविधुत समुह २३ दशमलव ६८ अंकले,अन्य समुह ११ दशमलव ५७ अंकले,होटल समुह ९ दशमलव ३३ अंकले र फाइनान्स समुह ६ दशमलव ३७ अंकले ओरालो लागेको छ ।
आइतबार टे«डिड. समुह भने उकालो लागेको छ। आज टे«डिड. समुह २ दशमलव ७ अंकले उकालो लागेको छ।

प्रकाशित : १९ कार्तिक २०७४, आईतवार १५:२३