सिभिलकाे अत्याधिक प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिलकाे अत्याधिक प्रगति



काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ११ करोड ३३ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको तुलनाभन्दा ६७९ दशमलव १६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ करोड ४५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

५ अर्ब १८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९ दशमलब ६७ प्रतिशतले वृद्धि गरी ३४ अर्ब २४ करोड ८१ लाख रुपैयाँ संकलन गरी कर्जा लगानीमा १५ दशमलव ३८ प्रतिशत वृद्धि गरी ३० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी बैंकको खुद व्याज आम्दानी २४ दशमलव ८९ प्रतिशतले बढेर २८ करोड ६२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३३ करोड १७ लाख रुपैयाँ राखेको छ भने ३१ करोड ४५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी ८ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ३३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ३३ दशमलव ८७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १५ प्रतिशत रहेको छ ।

बैंकको निष्कृय कर्जा ४ दशमलव ६९ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पति १९ दशमलव ६२ प्रतिशत रहेको छ ।

प्रकाशित : २० कार्तिक २०७४, सोमबार १२:२७