लक्ष्मी बैंककाे नाफा २६प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैंककाे नाफा २६प्रतिशतले वृद्धि



काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अविधमा बैंकको नाफा १३ करोड ५४ लाख नाफा कमाएको थियो ।खूद नाफातर्फ सन्तोषजनक बढोत्तरी भए पनि बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गरी नाफा कमाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी भनेर घटेर चौपट भएको छ ।

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३८ करोड ब्याज आम्दानी गरेको यो बैंकले समीक्षा अवधिमा ४८ करोड ३३ लाख आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकले ५८ अर्ब ६४ करोड निक्षेप संकलन गरी ५४ अर्ब ९४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ५१ अर्ब ५८ करोड निक्षेप संकलन गरी ४४ अर्ब ४ करोड कर्जा परिचालन गरेको थियो ।

यो अवधिमा बैंकको रिजर्ब कोष भने खिइएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३ अर्ब ३५ करोड रुपैयाँ रहेको कोष घटेर २ अर्ब १३ करोडमा सीमित बन्न पुुगेको हो । बैंकले खराब कर्जालाई घटाउन सकेन । अघिल्लो वर्ष १.६८ प्रतिशत रहेको यस्तो कर्जा घटेर १.७८ प्रतिशत पुुगेको हो । अघिल्लो वर्ष ९.०३ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ६.८४ प्रतिशतमा सीमित बन्न पुुगेको छ भने यो अवधिमा प्रतिसेयर आम्दानी ८.२४ रुपैयाँमा सीमित बन्न पुुगेको छ, जबकि गत वर्ष यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा थियो । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.१७ गुणा कायम भएको छ ।

 

प्रकाशित : २० कार्तिक २०७४, सोमबार १४:०३