इन्फास्ट्रक्चर बैंकको संचालन मुनाफामा १ सय ३१ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इन्फास्ट्रक्चर बैंकको संचालन मुनाफामा १ सय ३१ प्रतिशतले वृद्धि



काठमाडौं।इन्फास्ट्रक्चर डेभलपमेण्ट बैंकले आफ्नो चौथो त्रैमासमा खुद मुनाफामा वृद्धिगरी १० करोड ८६ लाख ४४ हजार रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको तुलनामा शुन्य दशमलव २६ प्रतिशतले घट्न गएको छ । बैंकले गत वर्षको सोहि अवधिमा १४ करोड ७१ लाख ३६ हजार रुपैया कमाएको थियो ।

बैंकको निक्षेपमा शुन्य दशमलव ३९ प्रतिशतले वृद्धि भई ५ अर्व २४ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सोहि अवधिमा बैंकले ३ अर्व २४ करोड ८१ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै कर्जातर्फ हेर्ने हो भने शुन्य दशमलव २४ प्रतिशतले बढाएर ३ अर्व ९९ करोड ५८ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । बैंकको खुद व्याज आम्दानीमा २३ करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने जुन गत वर्षको तुलनामा २८ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले गत वर्ष सोहि अवधिमा १८ करोड २७ लाख ७७ हजार रुपैया खुद व्याज आम्दानी कमाएको थियो । बैंकको व्याज आम्दानी २३ दशमलव ७८ प्रतिशतले बढेको छ भने व्याज खर्च २० दशमलव ३८ प्रतिशतले बढेको छ । व्याज खर्च भन्दा व्याज आम्दानीमा वृद्धि हनु नै खुद व्याज आम्दानीमा वृद्धि देखिनु हो । त्यस्तै बैंकले संचालन मुनाफामा १ सय ३१ दशमलव ४९ प्रतिशतले बढाएर ९ करोड ३८ लाख ६३ हजार रुपैया कमाएको छ । बैंकको संचालन मुनाफा र खुद व्याज आम्दानीमा वृद्धि हुनु नै खुद मुनाफामा वृद्धि आउनु हो ।

बैंकको चालु त्रैमासकमा निष्कृय कर्जातर्फ शुन्य दशमलव ०५ प्रतिशत बढेर २ दशमलव ७७ प्रतिशत, जोखिम युक्त सम्पति भने २ दशमलव ६५ प्रतिशत घटेर २१ प्रतिशत, सिडि रेसियो ४ दशमलव ५३ प्रतिशत घटेर ६५ दशमलव ३९ प्रतिशत रहेको छ ।

प्रकाशित : २० श्रावण २०७२, बुधबार ११:५३