मिथिला लघुवित्त विकास बैंककाे शेयर काराेबार राेकियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मिथिला लघुवित्त विकास बैंककाे शेयर काराेबार राेकियाे



काठमाडौं ।मिथिला लघुवित्त विकास बैंक लिमिटेडकाे शेयर काराेबार राेकिएकाे छ ।बैँकले लाभांशको बारेमा नेप्सेलाई ढिला गरेर जानकारी गराएको भन्दै कम्पनीको शेयर कारोबारमा नेप्सेले रोक लगाएको हाे । कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको जानकारी नेप्सेले दिएकाे छ । उक्त लाभांश लगानीकर्ताले भने कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार ११:५०