एनआईसी एशिया बैंकका थप दुईवटा शाखा कार्यालय सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईसी एशिया बैंकका थप दुईवटा शाखा कार्यालय सञ्चालनमा



काठमाडौ । एनआईसी एशिया बैंकले थप दुईवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले कैलालीको जोशीपुर गाउँपालिका वडा नं ०२ मा र जाजरकोटको भेरी नगरपालिका वडा नं ०४मा शाखा सञ्चालनमा ल्याएको हो ।

जोशीपुर शाखा गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट र अध्यक्ष राम कृष्ण चौधरीले र जाजरकोट शाखाको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तिले उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले दुईदिन अघि मात्र तीनवटा शाखा सञ्चालनमा ल्याएको छ ।

योसँगै बैंकका शाखा कार्यालय १३५ वटा पुगेका छन् भने १४१ एटिएम काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ । बंैकले आगामी दिनमा समेत थप शाखा विस्तार गर्दै जाने बैंकका प्रमुख कार्यकारी लक्ष्मण रिसालले जारी गरेको विज्ञप्तमिा उल्लेख छ ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार ११:५४