गुरुप्रसाद न्यौपानेलाई अदालतको राहत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

गुरुप्रसाद न्यौपानेलाई अदालतको राहत



काठमाडौं । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेको जनता बैंकबाट जफत गरिएको सेयर लिलामी नगर्न जनता बैंकलाई आदेश दिएको छ । पाटन उच्च अदालतले गुरु न्यौपानेको रिट माथी सुनुवाई गर्दै तत्कालका लागि सेयर लिलामी प्रक्रिया अघि नवढाउन निर्देशन दिएको हो । न्यौपानेले आफु संचालक भएको समयमा श्रीमतीको नाममा दोस्रो बजारबाट सेयर खरिद गरेको भन्दै नेपाल राष्ट्र बैंकले उक्त सेयर जफत गर्न निर्देशन दिएको थियो ।

बैंकको त्यसरी खरिद गरेको कुल ८१ हजार कित्ता सेयर लिलामी प्रक्रिया अघि बढाएको थियो । तर, पाटन उच्च अदालतले सो रिट माथी प्रारम्भिक सुनुवाई गर्दै तत्कालका लागि रोक्न आदेश दिएको हो ।

यसै बिच उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेबाट जफत जनता बैंकको साधारण सेयर लिलामी नगर्ने आदेश दिएपछि आवेदकले खरिद गर्न जम्मा गरेको पैसा फिर्ता पाउने भएका छन् । मुद्धा लम्बिन सक्ने संभावना भएपछि आवेदकले जम्मा गरेको रकम सेयर बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटडले फिर्ता दिने भएको हो ।

 

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार १२:०३