फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सकाे मुनाफा १०प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सकाे मुनाफा १०प्रतिशतले वृद्धि



काठमाडौ। केही समय अघि साधारण सेयर निष्काशन गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलेले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा  मुनाफा ६ करोड ७८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा १० दशमलव २४ प्रतिशतले वृद्धि हो । जबकी अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ६ करोड १५ लाख रुपैयाँ कमाएको थियो ।२० करोड रुपैयाँ चुक्ता पूँजी भएको संस्थाले जगेडाकोषमा ६६ करोड ७६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४२ दशमलव १८ प्रतिशतले वृद्धि गरी २ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ६ अर्ब २९ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ५ प्रतिशतले बढेर १५ करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० प्रतिशतले बढेर १० करोड ६५ लाख रुपैयाँ पुगेको छ । यसले प्रोभिजनमा ६९ लाख रुपैयाँ राखेको छ ।फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ४९ प्रतिशत रहेको छ भने १३ दशमलव ८८ प्रतिशत जोखिम युत्त सम्पत्ति रहेको छ ।फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३३ दशमलव ९२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ४३३ दशमलव ८१ र तरलता अनुपात १६ दशमलव ४९ प्रतिशत रहेको छ ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार १३:२३