५ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

५ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ५ दशमलव ८९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै समुहले गुमाएका छन्। आज कारोबारमा आएका जलविधुत र लघुवित्त समुह  बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएका १५४ कम्पनीको १० लाख ४६ हजार ७ सय २३ कित्ता सेयरबाट ४६ करोड ८२ लाख ४ हजार १ सय २१ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह २४ दशमलव ४५ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह ११ दशमलव ९६ अंकले, होटल समुह ९ दशमवल ३४ अंकले, फाइनान्स समुह ७ दशमलव ६४ अंकले, बैक समुह ६ दशमलव ७५ अंकले,उतपादनमुलक समुह ३ अंकले,टे«डिड. समुह १ दशमलव ८६ अंकले र अन्य समुह १ दशमलव ४५ अंकले ओरालो लागेको छ।

आज जलविधुत र लघुवित्त समुह भने उकालो लागेका छन् । आज जलविधुल समुह ६ दशमलव ५३ अंकले र लघुवित्त समुह १ दशमलव ३ अंकले उकालो लागेका छन् ।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार १५:१५