एनआर्इसी एशियाले एकै दिन पाँच वटा शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआर्इसी एशियाले एकै दिन पाँच वटा शाखा विस्तार



काठमाडाैँ । पछिल्लो समय शाखा विस्तारमा आक्रामक देखिएको एनआईसी एशिया बैंकले थप पाँच वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कैलालीको जोशीपुर,  जाजरकोटको भेरी, बाँकेको खजघढ, बर्दिया नगरपालिका–६ तथा मगरागडी र कानेपोखरी गाउँपालिका–६ मा शाखा स्थापना गरेको हो ।

एनआईसी एशिया बैंकले जनाएअनुसार कैलालीको जोशीपुरर गाउँपालिका वडा नम्बर २ र जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा मंगलबार शाखा स्थपना गरिएको हो । जोशीपुरघढ शाखाको उद्घाटन गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बिष्ट र अध्यक्ष रामकृष्ण चौधरीले संयुक्त रुपमा गरेका थिए ।

त्यसैगरी जाजरकोटको भेरी शाखाको उद्घाटन भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले गरेका हुन् ।
कात्तिक १९ गते बाँकेको बारबर्दिया नगरपालिका वडा नम्बर ६, मगरागडी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ रमाइलो चोकमा पनि एनआईसी बैंकले शाखा स्थापना गरेको छ । थपिएका शाखसँगै देशभर एनआईसी बैंकका शाखाको संख्या १३८ पुगेको छ ।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार १५:२३