एन आईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटल मर्जर जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एन आईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटल मर्जर जाने



काठमाडौ । एन आईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. बीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौता आज मिति २०७४÷७÷२३ गते सम्पन्नभएको छ । सो सम्झौतामा एन आईबिएल क्यापिटल मार्केट्स लि. कोतर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटललि. को तर्फबाट सञ्चालक समितिकाअध्यक्ष  रविनसिजापतीले हस्ताक्षर गर्नुभएको छ ।

एस क्यापिटल लि. को मूख्य कम्पनी एस डेभलपमेण्ट बैंक लि.लाई नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्राप्ती गरी नेपाल इन्भेष्टमेण्ट बैंक लि.मा समाहितभएको हुनाले एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटललि.दुवै संस्थाहरु हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को शतप्रतिशत लगानी रहेको सहायक कम्पनीहरु हुन गएको र नेपाल धितोपत्र बोर्डको निती निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु÷गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमागाभ्ने÷गाभिने सम्झौता गरिएको हो ।दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्तापूँजी रु.२७ करोड पुग्नेछ ।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार १८:१७