ग्लोबल आइएमई बैंकको पूँजी ८ अर्ब ८८ करोड नाघ्यो,२० प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको पूँजी ८ अर्ब ८८ करोड नाघ्यो,२० प्रतिशत लाभांश पारित



काठमाडौं । ग्लोबल आइएमई बैंकको २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको बिहीबार सम्पन्न एघारौँ बार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरे बमोजिम बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बानेस र १० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकको २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको थियो ।

हाल बैंकको १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार १८:२२