भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद सेयरको बिक्री खुला , कहाँबाट दिने अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद सेयरको बिक्री खुला , कहाँबाट दिने अावेदन ?



काठमाडौं । भार्गव विकास बैंकको ८० प्रतिशत(१० बराबर ८ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले कात्तिक २४ गते(आज)देखि एक सय रुपैयाँ अंकित दरका २१ लाख १२ हजार कित्ता हकप्रदको बिक्री खुला गरेको हो ।

सो मात्राको हकप्रदको लागि कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले आजदेखि मंसिर २८ गतेसम्म बैंकिङ समयभित्र सो मात्राको हकप्रदमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार १५:५३