एनआईसी एशियाले ७ वर्ष अवधिको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनआईसी एशियाले ७ वर्ष अवधिको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने



काठमाडौं । एनआईसी एशिया बैंकले ७ वर्ष अवधिको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । ‘एनआईसी एशिया ऋणपत्र २०८१/८२’ मा बैंकले ९ प्रतिशत व्याजदर प्रदान गर्ने जनाएको छ ।

बैंकले ऋणपत्र निष्कासनको निमित्त नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त समेत गरेको छ ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (२ अर्व ४० करोड) व्यक्तिगत र २० प्रतिशत ( ६० करोड) सर्वसाधारणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृत पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ ।

प्रकाशित : २५ कार्तिक २०७४, शनिबार १६:५६