महालक्ष्मी बैंकको सीइओमा कृष्णराज लामिछाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महालक्ष्मी बैंकको सीइओमा कृष्णराज लामिछाने



काठमाडाै । कृष्णराज लामिछाने महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा नियुक्त भएका छन् ।

बैंक संचालक समितिको शनिवार बसेको बैठकले बैंकर लामिछानेलाई चारवर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो ।

महालक्ष्मी विकास बैंकका तत्कालीन सीइओ रमेशकुमार भट्टराईले कात्तिक १ देखि लागूू हुने गरी राजीनामा दिएपछि सीइओको पद रिक्त थियो ।

नेपाल बैंकको अधिकृत स्तरको जागिरबाट सुरु भएको लामिछानेसँग ३० वर्ष लामो बैकिङ अनुुभव छ । नेपाल बैंकको जागिर छाडी अन्नपूर्ण फाइनान्सको सीइओ भएर गएका उनले सो कम्पनीलाई २ वर्षमै अपग्रेड गरी कैलाश विकास बैंक बनाएका थिए । त्यसपछि निरन्तर प्रगति पथमा डोहोर्याउँदै बैंकलाई विकास बैंकमध्येकै टप बनाए । लामिछानेले कैलाश विकास बैंक छाडेलगत्तै सो बैंकको बित्तीय अवस्था कमजोर बनेको चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगतिविवरणले देखाइसकेको छ । यसकारण समेत कुनै पनि बैंक तथा बित्तीय संस्थाको व्यवस्थापन नेतृत्व गर्ने व्यक्तिको क्षमतामा सो संस्थाको प्रगति कसरी निर्भर हुन्छ भन्ने पनि देखिइसकेको छ ।

महालक्ष्मी बैंक स्रोतका अनुसार लामिछानेले आइतबारदेखि नै कार्यभार सम्हालेका छन् । उनी व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक हुन् ।

प्रकाशित : २६ कार्तिक २०७४, आईतवार ११:०३