बामपन्थीसँग डराएर सेयर बजार घट्नुपर्ने कारण छैनः अोली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बामपन्थीसँग डराएर सेयर बजार घट्नुपर्ने कारण छैनः अोली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थी सरकारसँग डराएर सेयर बजार घट्नुपर्ने कारण नभएको बताएका छन् ।

झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अहिले बामपन्थीको सरकार आउने र त्यसपछि सेयर बजार घट्ने हल्ला चलाएको बताए ।

‘नेपालको अर्थतन्त्र नबुझ्ने अर्थशास्त्रीले बामपन्थी सरकार बनेपछि सेयर बजार घट्छ भन्ने हल्ला चलाएका छन्,’ ओलीले भने, ‘बामपन्थी सरकार आएपछि देशको अर्थतन्त्र राम्रो हुन्छ।’

देशका प्रमुख बामपन्थी दल एमाले र माओवादीले चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने घोषणा गरेर चुनावमा होमिएका छन् ।

सेयर बजार अहिले ओरालो लाग्नुको पछाडी एउटा कारण बामपन्थीको चुनावी तालमेल र चुनावपछि आउन लागेको बामपन्थी सरकारलाई पनि लिएको छ ।

प्रकाशित : २६ कार्तिक २०७४, आईतवार १३:२७